Rule 20A
मापदण्ड पूरा गर्नु पर्ने
(१) ब्याट्रीको व्यवसाय गर्न चाहने व्याट्री व्यवसायीले प्रचलित कानून बमोजिम सम्बन्धित निकायमा आफ्नो व्यवसाय दर्ता गर्न वा सो व्यवसायको लागि त्यस्तो निकायबाट स्वीकृति वा अनुमति लिनको लागि अनुसूची–८ बमोजिमको मापदण्ड पूरा
गरेको हुनु पर्नेछ ।
स्पष्टीकरण ः यस परिच्छेदको प्रयोजनको लागि “सम्बन्धित निकाय” भन्नाले ब्याट्रीको कारोबार दर्ता गर्ने वा सो प्रयोजनको लागि स्वीकृति वा अनुमति प्रदान गर्न प्रचलित कानून बमोजिम अधिकार पाएको निकायलाई जनाउँछ ।(२) यो नियम प्रारम्भ हुनु अघि प्रचलित कानून बमोजिम ब्याट्री व्यवसाय दर्ता गरेका वा त्यस्तो व्यवसाय गर्न सम्बन्धित निकायबाट स्वीकृति वा अनुमति पाएका ब्याट्री व्यवसायीले यो नियम प्रारम्भ भएको मितिले नब्बे दिनभित्र उपनियम (१) बमोजमको मापदण्ड पूरा गरी सम्बन्धित निकायलाई जानकारी गराउनु पर्नेछ ।